निशाको यादमा हसन, ‘रोमियो’को दोश्रो लिरिकल गीत सार्वजनिक (भिडियो)



काठमाण्डौ। चलचित्र ‘रोमियो’मा समावेश दोश्रो गीतको लिरिकल अडियो सार्वजनिक भएको छ । एचआरके प्रोडक्शनको र एसको प्रस्तुतीमा तयार भएको यो चलचित्रमा समावेश ‘तिम्रो यादमा’ बोलको गीतको लिरिकल अडियो सार्वजनिक गरिएको हो ।

कुर्वान अली खान र अमृता लिम्बुको स्वर रहेको यो गीतमा कुर्वानकै शब्द तथा संगीत छ । यो चलचित्रमा हसनराजा खान, नीशा अधिकारी, ओसिमा बनु, मेलिना मानन्धर लगायतका कलाकारको अभिनय छ ।

चलचित्रलाइ नव-निर्देशक शंकर कार्कीले निर्देशन गरेका हुन् । मिलन सापकोटा कार्यकारी निर्माता रहेको चलचित्रमा सुरेन्द्र पौडेलको सम्पादन, रामेश्वर कार्कीको छायांकन, किरण माइकलको लेखन, अष्ट महर्जनको एक्सन छ ।

सांगीतिक प्रेमकथामा आधारित यो चलचित्रलाइ दर्शकले मन पराउने विश्वास निर्माता तथा नायक हसनराजा खानले गरेका छन् । उनले भने-‘चलचित्रको कथावस्तुले यसपटक दर्शकलाइ रुवाउनेछ । एउटा उत्कृष्ट प्रेमकथा तयार पार्ने कोशिश हामीले गरेका छौ ।’

गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu