यो साता चार नेपाली चलचित्रहरु प्रदर्शनमा



काठमाण्डौ। यो साता चार नेपाली चलचित्रहरु प्रदर्शनमा आएका छन् । हरितालिका तीजको अवसर पारेर ‘धुम–२’, ‘देश खोज्दै जाँदा’, ‘हामी शरणार्थी’ र ‘स्काउट’ देशव्यापी प्रदर्शनमा आएका हुन् ।

ट्रन्डी फिल्मस्को व्यानरमा जाहन्वी बस्नेत र ब्रबिम बस्नेत प्रस्तुतकर्ता रहेको ‘धुम–२’मा जयकिशन बस्नेत, सिर्जना भट्टराई, रोहित रुम्बा, महिमा सिलवाल, सञ्जोग राणा, शोभित बस्नेत, उत्तम केसी, बसन्त तामाङ ‘बादल’लगायतका कलाकारको अभिनय छ । फिल्ममा लेखन, नृत्य, निर्माण र निर्देशन समेत जयकिशन बस्नेतको नै हो ।

भुटानबाट लखेटिएर नेपालमा शरण लिएर बसेका शरणार्थीहरुको कथामा निर्माता भएको फिल्म ‘हामी शरणार्थी’मा शिल्पा पोखरेल, जीवन भट्टराईलगायतले अभिनय गरेका छन् । फिल्मलाई विजय केरुङले निर्देशन गरेका हुन् । फिल्ममा अर्जुनकुमार पोखरेल, प्रकाश भण्डारी र प्रकाश शिवाकोटीको संयुक्त लगानी रहेको छ । फिल्ममा हिमाल केसीको एक्सन, उत्तमजंग लिम्बुको संगीत, कमल राइको नृत्य, बैजु सिंहको पटकथा तथा संवाद, सौरभ लामाको छायांकन छ ।

गोविन्द गौतमको निर्देशनमा बनेको फिल्म स्काउटमा गरिमा पन्त, मधुकुमार श्रेष्ठ, रक्षा श्रेष्ठ, हेमन्त बुढाथोकीलगायतले अभिनय गरेका छन् । भद्रगोलमा अभियान गरेसँगै चर्चा कमाएकी रक्षाले यसै फिल्मबाट डेब्यु गरेकी हुन् । मधुकुमार श्रेष्ठको प्रस्तुतिमा निर्माण भएको फिल्ममा केदार प्रसाद पराजुली,कृष्ण लामिछाने र इश्वर तिवारीको लगानी रहेको छ ।

नेपालमा दुई दशकदेखि शरणार्थी जीवन बिताइरहेका भुटानी शरणार्थीको शिविर बसाइको वास्तविक कथा प्रस्तुत गरिएको फिल्म ‘देश खोज्दै जाँदा’ लाई प्रकाश आङदेम्बेले निर्देशन गरेका हुन् । फिल्ममा मिना कोइराला, अरुणा कार्की, सरिता वली, तिब्बत राई, एलपी जोशी, शिवशंकर थापा, केशव आचार्य, टंक विकल्प, सुवास थापा र प्रताप सुब्बाको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu