डब्बुको गिती एल्बम ‘गुलाबी स्वरहरु’ सार्वजनिक



काठमाण्डौ। सञ्चारकर्मी, गीतकार तथा म्यूजिक भिडियो निर्देशक डब्बु क्षेत्रीको गिती एल्बम ‘गुलाबी स्वरहरु’ सार्वजनिक गरिएको छ ।

गीतकार क्षेत्रीको जन्मदिनको अवसर पारेर आइतवार राजधानीमा एक कार्यक्रम आयोजना गर्दै एल्बम र एल्बममा समावेश ‘दोषी त नजर’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको हो । बिन्ध्यवासिनी म्यूजिक प्रा.लि.ले बजार व्यबस्थापन गरेको एल्बममा ‘बेबी आई लभ यू’, ‘जिस्किन मन लाग्छ’, ‘यो तन यो मन’, ‘तिमीसँग बोल्न’ र ‘दोषी नजर’ बोलका गीत रहेका छन् ।

जुगल डंगोल, दीपक शर्मा, सन्तोष श्रेष्ठ र ज्योतीप्रकाशको संगीत रहेका गीतहरुमा केन्जुमा सुब्बा, सहिमा श्रेष्ठ, रेश्मा पुनमगर र निशा देशारको स्वर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu