चलचित्र विकास वोर्डबाट ४ जना कोरिया जाँदै



film-development-board-nepaश्यामसुन्दर गिरी, काठमाण्डौ। आगामी असोज २१ गते देखी २५ गते सम्म कोरियामा आयोजना हुन लागेको एशियन फिल्म पोलिसी फोरममा नेपालको प्रतिनिधित्व जनाउन चलचित्र विकास बोर्डले ४ सदस्यिय टोली कोरिया पठाउने तयारी गरेको छ ।

एशियन फिल्म पोलिसी फोरमले नेपालको एक जना प्रतिनिधीलाई मात्र आतेजाते खर्चको व्यवस्था गर्ने भए पनि यसरी ४ जनालाई वोर्डको खर्चमा कोरिया पठाउनुलाई सकारात्मक मानिँदैन तथापी यसअगाडी फिल्म फोरममा वोर्डले दुई देखि तीन जना सम्म पठाउने गरेको थियो । यसपाली भने वोर्डका सदस्य सचिव फणिन्द्र गौतम, सदस्य निलहरि काफ्ले र कर्मचारीद्धय आनन्द घिमिरे र राजेश चालिसे उक्त कार्यक्रममा उक्त कार्यक्रममा सहभागीता जनाउदैछन । यि चार मध्ये ३ जनाको सम्पूर्ण खर्च वोर्डले बेहोर्नेछ ।

यसरी ४ जना प्रतिनिधि मोटो रकम खर्चेर किन विदेश पठाउनुहुन्छ भन्ने जिज्ञासामा वोर्ड अध्यक्ष धर्मेन्द्र मोरवैताले सबैलाई जाने रहर भएकोले आफुलाई अप्ठेरो परेको बताउँछन् । यो भन्दा बढि नबोलेका मोरवैताले यसबारेमा वोर्ड सदस्य सचिवको जिम्मा लगाएका छन् । सदस्य सचिवका अनुसार यसपाली फेस्टिभलमा फिल्म प्रवर्द्धनका लागि स्टल राख्ने भएकोले थप २ जनालाई पठाउन लागिएको हो । तर वास्तविकता लुक्दैन भने झैँ ४ जना लाई बोर्डले नै सिफारिस गरेको  बताए ।

यद्यपी वोर्डले चार जना सिफारिस गरेपनि सञ्चार मन्त्रालयले स्विकृत दिने या नदिने कुनै टुंगो नरहेको उनको भनाई छ । यदि सञ्चार मन्त्रालयले स्विकृत जनाएमा वोर्डको खर्चमा तीन सदस्यले कोरियामा मस्ती गर्ने पक्का छ । उता फोरममा सहभागिता जनाउन लागेका वोर्ड सदस्य निलहरी काफ्लेले आफू जानै पर्ने भन्दै ४ जना जानुको कुनै तुक नरहेको धारणा राखे । काफ्लेले आफुले फिल्म बुझेको र बुझेको मान्छे नै जानुपर्ने भन्दै आफुलाई अगाडी सारेका छन् । उनले एनआरएन कोरियाका सदस्यहरुसँग नेपाली फिल्मलाई कसरी प्रवर्द्धन गर्न सकिन्छ भन्ने बिषयमा छलफल गर्ने बताए ।

स्मरण रहोस्, सन् २००८ मा पहिलो पटक भएको एशियन फिल्म पोलिसी फोरमले सम्पूर्ण एशियन मुलुकमा फिल्मको प्रबर्द्धन गर्ने उद्देश्य राखेको छ । त्यस्तै सन् २००९मा सम्पन्न एशियन फिल्म पोलिसी फोरममा नेपालको तर्फबाट तत्कालिन बोर्ड अध्यक्ष अमरराज गिरी र कर्मचारी अनुपम निरौलाले सहभागिता जनाएका थिए । यस्तै सन् २०१०मा सदस्य सचिव धनराज ज्ञवाली र वोर्ड सुचना अधिकृत चिरञ्जिवी गुरागाईं सहभागि थिए । २०११मा सम्पन्न एशियन फिल्म पोलिसी फोरममा तत्कालिन बोर्ड अध्यक्ष गणेश भण्डारी, सदस्य सचिव धनराज ज्ञवाली र कर्मचारी प्रभाकर भट्टराई सहभागी थिए ।

यि तीन सदस्य मध्ये दुई जना बोर्डकै खर्चमा कोरिया पुगेका थिए । सन् २०१२मा भने बोर्ड सदस्य रामकुमार मण्डल र कर्मचारी गिरिश शर्माले सो फोरममा सहभागीता जनाइसकेका छन् । भने यस पटक ४ जनाले कोरियाको सपना देखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu