ऋतिक-सुजैन डिभोर्स गर्दै | श्रीमतीको शंकाले घरबार बिग्रियो



hritikठुलोपर्दा डटकम। वलीउड अभिनेता ऋतिक रोशन ‘क्रिश -३’को सफलतासँगै ‘प्रोफेशनल लाईफ’बाट खुशी छन् तर उनको ‘पर्सनल लाइफ’मा आएका दुखद कुराहरु कम हुनेवाला छैनन्। ऋतिकको बैवाहिक जीवनसँग जोडिएर विभिन्न खबरहरु आईरहेका छन्। प्राप्त खबरअनुसार उनकी पत्नी सुजैन ऋतिकसँग खूशी छैनन्।

लगातारका समाचार अनुसार ऋतिक-सुजैन डिभोर्सका लागि तयार भएका छन्। यो खबरले ऋतिकका फ्यान अवश्य निराश हुनेछन्। बाहिरिएका समाचारलाई आधार मान्दा ऋतिक-सुजैन अब सँगै नरहने नै निधो गरिसकेका छन्। यि दुईको अलग्गिने निर्णयबाट रोशन परिवारमा बहश हुन थालेको छ।

दुवैतर्फका नातेदारले यो सुन्दर जोडी नछुट्टिउन भन्ने चाहेता पनि सम्झाउने सबै प्रयास असफल भएका छन्। उनिहरुका दुई छोरा  रिहान र रिधान रोशन परिवारसँगै रहने भएका छन्।

सुजैनलाई यो शंका छ की ऋतिकको जिन्दगीमा अर्को कोहि महिला छिन्। चलचित्र ‘काईट्स’को शूटिंगका बेला मेक्सिकन एक्ट्रेस बारबरा मोरीसँग ऋतिकको सम्बन्ध भएको हल्लासँगै सुजैन शंकाग्रस्त थिइन्।

पछिल्ला कार्यक्रमहरुमा यो जोडी सँगै देखिएको थिएन। ऋतिक-सुजैनले सन् २००० मा बिहे गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu