रमेश-दीपिकाको प्रेममा प्रशान्त बाधक, हेर्नुहोस् ऐश्वर्य’को टीजर (भिडियो)



काठमाण्डौ। रमेश उप्रेतीको चलचित्र ‘ऐश्वर्य’को टीजर सार्वजनिक भएको छ । यसअघि सार्वजनिक गरिएको गीत ‘तिमी रोएको पल’बाट चर्चामा रहेको चलचित्रको टीजरलाई प्रचार-प्रसारको थप सामग्री स्वरुप सार्वजनिक गरिएको हो ।

गीतबाट शुरु हुने टीजरमा नायक रमेश उप्रेती, नव-नायिका दीपिका प्रसाईँ, कलाकार प्रशान्त ताम्राकार लगायतलाई देखाईएको छ । चलचित्रमा दीपिका मोडल तथा प्रशान्तलाई खलपात्रको रुपमा प्रस्तुत गरिएको टीजरबाट प्रस्ट हुन्छ ।

रमेश उप्रेती प्रस्तुतकर्ता रहेको यस चलचित्रमा अर्जुन श्रेष्ठ र किरण राणा उप्रेती निर्माता रहेका छन् । निर्मल शर्मा कार्यकारी निर्माता तथा लेखन तथा निर्देशन दिवाकर भट्टराईको रहेको छ । सुदीप बराल चलचित्रका छायाँकार हुन् । यो चलचित्र कार्तिक ९ गते रिलीज हुनेछ ।

चलचित्रका निर्माता तथा नायक रमेश उप्रेतीले ‘ऐश्वर्य’लाई स्टाइलिस बनाउन खोजेको बताए । ‘नेपालको सुन्दरतासँगै नेपाली प्राविधिकले पनि यो लेभलको फिल्म दिन सक्छन र हामी पनि कथा अनुसार सम्झौता गर्दैनौ भन्ने उदाहरण दिनु नै म र मेरो टीमको उदेश्य हो । गीत मार्फत दिनु भएको माया प्रति आभारी छौँ, साथै त्यो माया र भरोसालाई टीजरले टुटन नदिने विश्वास हाम्रो छ’, उप्रेतीले बताए ।

चलचित्र ‘ड्रिम्स’मा एशोसियट निर्देशक भएर काम गरेका निर्देशक भट्टराईले क्वालिटीको फिल्म दर्शकसामु ल्याउने प्रयास पनि गरेको बताए । नव-नायिका दीपिका प्रसाईँले पहिलो गीतबाट पाएको प्रतिक्रियाले निकै उत्साहित रहेको बताईन् । उनले आफ्नो पहिलो फिल्म भएकाले दर्शकले नहेर्दासम्म धेरै नबोल्ने बताईन् । कलाकार प्रशान्त ताम्राकारले आफुले सुहाउँदो भूमिका निभाएको बताए ।

टीजर:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu