देशैभर लाग्यो ‘ए मेरो हजुर २’



काठमाण्डौ। नेपाली चलचित्र ‘ए मेरो हजुर २’ देशैभर प्रदर्शनमा आएको छ । साम्राज्ञी राज्य लक्ष्मी शाह, सलिनमान बनिया, सलोन बस्नेत लगायतका कलाकारहरुको अभिनय रहेको यस चलचित्रलाई नायिका झरना थापाले निर्देशन गरेकी छन् ।

रिलीजको पूर्वसन्ध्यामा बिहिवार साँझ यो चलचित्रको भव्य प्रिमियर गरिएको थियो । प्रिमियरबाट सुखद प्रतिक्रिया पाएको ‘ए मेरो हजुर २’ दर्शकको बहुप्रतिक्षित चलचित्र हो । झरना थापाले आँफैले अभिनय गरेको चलचित्र ‘ए मेरो हजुर’ बाट नाम सापटी लिँदै यो चलचित्र निर्देशन गरेकी हुन् । यो चलचित्रका निर्माता झरनाका पति सुनिल कुमार थापा हुन् ।

चलचित्र भित्र’प्रमिश लभस्टोरी’लाई ‘सेफल्याण्डिङ्ग’ गरिएको छ । चलचित्रमा दुई युवा-युवतीको बाल्यकाल र किशोरअवस्थाको प्रेम पाईन्छ । उत्कृष्ट मेकिङ्ग, शानदार गीत-संगीत तथा आनन्ददायक प्रेमकथाले चलचित्रलाई सुन्दर बनाएको प्रिमियरबाट प्राप्त प्रतिक्रियाले सहजै अनुमान लगाउन सकिन्छ ।

यसअघि पहिलो चलचित्र ‘ड्रिम्स’मा अनमोल केसीसँग अभिनय गरेकी साम्राज्ञीले यसपटक नयाँ अनुसार सलिनसँग अभिनय गरिन् । ‘ड्रिम्स’बाट साम्राज्ञीले जति राम्रो चर्चा कमाईन त्यो चर्चामा ‘ए मेरो हजुर २’ले थप घ्यू थप्ने आशा गरिएको छ । नव-नायक सलिनमान बनियाले पनि तारिफ बटुलेका छन् । लुक्सबाट चर्चामा रहेका सलिनले आफ्नो भूमिकालाई न्याय गर्न सफल छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu