शिव परियारको नयाँ गीतमा स्वस्तिमा र भिमफेदी गाईज (भिडियो)



काठमाण्डौ। पछिल्लो समय नेपाली चलचित्रमा मात्र हैन नेपाली भिडियोमा पनि नयाँ-नयाँ प्रयोग सुरु भएको छ । आफ्नो भिडियोमा नयाँ प्रयोग गर्न रुचाउने निर्देशक विकास सुवेदीले सम्भवत नेपालमै पहिलो पटक पुर्णतया सेटमा म्युजिक भिडियोको छायांकन गरेका छन् । नेपाल आइडल तथा सुपरहिट गीत ‘काले दाइ’को समेत सेट बनाएका राजु पेन्टरले बनाएको सेट म्युजिक भिडियोका लागि पहिलो पटक प्रयोग गरिएको निर्देशक सुवेदीले बताए ।

गायक शिव परियारको स्वर तथा आफ्नै लगानीमा निर्माण भएको ‘मेरो मायाले’ बोलको भिडियोमा भिमफेदी गाईज र नायिका स्वस्तिमा खड्का प्रस्तुत गरिएको छ । गायक शिव परियारको ‘शिवालय’ एल्बममा समावेश गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत सुन्न सकिन्छ । भिडियोको कोरियोग्राफी भिमफेदी गाईजले नै गरेको हो ।

अहिले सांगीतिक टूरका लागि अमेरिकामा रहेका गायक शिव परियारले भिडियोलाई लिएर आफू निकै उत्साहित रहेको बताएका छन् । उनले भने, ‘मेरो सांगीतिक करिअरमा धेरै भिडियो निर्माण गरेको भएपनि यो भिडियोबाट मैँले सबैभन्दा धेरै खुशी महशुस गरेको छु । भिडियोमा हामीले नयाँ प्रयोग गरेका छौ ।’ यस्तै, निर्देशक विकास सुवेदीले मेरो मायाले बोलको भिडियो नेपाली म्युजिक भिडियो उद्योगलाई नयाँ प्रयोग भएको बताएका छन् ।

भिडियो हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu