चलचित्र ‘दि कर्मा’ औपचारिक निर्माण घोषणा, यि भारतिय कलाकारको मूख्य भूमिका रहने



काठमाण्डौ। नेपाली चलचित्र ‘दि कर्मा’को मंगलवार राजधानीमा एक कार्यक्रमका बीच औपचारिक निर्माण घोषणा गरिएको छ । केहीदिन अगाडि फिल्मको थिम पोस्टर सार्वजनिक गरिएको यो चलचित्रलाई देव कुमार श्रेष्ठले निर्देशन गर्दैछन् ।

यो चलचित्रमा भारतीय कलाकारको मूख्य अभिनय रहने छ । भारतीय कलाकार दीपक आनन्द र करण कुमार वर्मा यो चलचित्रको मुख्य भूमिकामा छन् भने नायिका नेपालबाट रहनेछिन् । हालसम्म नायिकाको भने छनौट भइसकेको छैन । यो चलचित्रमा दीपक र करणका अलावा फिल्ममा क्षितिजा शाक्य, नसीमा आचार्य र अनुप सक्सेनाको अभिनय रहनेछ ।

चलचित्रको घोषणा सभामा बोल्दै निर्देशक देव कुमार श्रेष्ठले आफूले निर्देशन गरेका फिल्महरु भन्दा ‘दि कर्मा’ फरक हुने बताए । उनले भने, ‘हामीले ‘दि कर्मा’ नेपाली र हिन्दी दुवै भाषामा निर्माण गर्नेछौ । नेपाल भारत सीमा क्षेत्रका नेपालीहरुको सत्य घटनामा फिल्म निर्माण हुन लागेको हो ।’ यस्तै, भारतीय कलाकार दीपक आनन्द र करण कुमार वर्माले नेपाली फिल्ममा काम गर्न पाउँदा खुशी र गर्व महशुस गरेको बताए ।

बलिउड तथा दक्षीण भारतिय फिल्ममा सक्रिय रुपमा काम गरिरहेका दीपकले ‘लभ सब प्यार व्यार’, ‘अञ्जान’, ‘ह्यांग टिल डेथ’ लगायतका टलीउड फिल्म तथा मराठी फिल्म र विज्ञापनहरुमा अभिनय गरेका छन् । यो फिल्ममा दीपक भारतबाट नेपाल आएर सीमा क्षेत्रमा बसोबास गरिरहेका युवकको भूमिकामा रहनेछन् ।

मंसिर अन्तिम साताबाट छायांकन सुरु हुने बताइएको यो चलचित्रमा रामेश्वर कार्कीको छायांकन, जय राज रायको कथा, शुशील पोखरेलको पटकथा तथा संवाद, अष्ट महर्जनको द्वन्द्व, रामजी लामिछानेको कोरियोग्राफी रहने छ ।

जय राज राय र नीशा खतिवडाले यो चलचित्र निर्माण गर्न लागेका हुन् । जय मिडिया म्यानेजमेन्ट प्रोडक्शनको ब्यानरमा बन्ने एक्शन प्रधान चलचित्र ‘दि कर्मा’को छायांकन नेपालको तराई क्षेत्र र भारतको सिक्कीममा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu