प्रदीपसँग दुई नयाँ नायिका



काठमाण्डौ। मिलन चाम्सको निर्देशनमा बन्ने नेपाली चलचित्र ‘लिलिबिली’ घोषणा गरिएको छ । लामो समयको चर्चापछि अन्ततः मंगलवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्र निर्माण घोषणा गरिएको हो ।

यो फिल्ममा ‘प्रेमगीत’ फेम नायक प्रदीप खड्का मुख्य भूमिकामा देखिँदैछन् । उनले ‘लिलिबिली’मा दुई नयाँ नायिकासँग अभिनय गर्नेछन् । प्रदीपको अपोजिटमा नायिकाद्वय जसिता गुरुङ र रेविका गुरुङले अभिनय गर्नेछन् । यो चलचित्रमा नायक अनुप विक्रम शाहीको पनि अभिनय रहनेछ ।

‘लिलिबिली’लाई गोविन्द शाही, सुदीप खड्का र मिलन चाम्सले संयूक्त लगानीमा निर्माण गर्नेछन् । चलचित्रको छायांकन तिहारपछि सुरु हुने बताईएको छ । चार बडिगार्डसहित चलचित्रको औपचारिक निर्माण घोषणा कार्यक्रममा प्रवेश गरेका प्रदीपले ‘लिलिबिली’ टिमसँग जोडिन पाउँदा निकै खुशी महशुस गरेको बताए । उनले ‘आशुषेन फिल्मसको ब्यानरभन्दा बाहिरी ब्यानरको फिल्ममा काम गर्नुहुन्न ?’ भन्ने प्रश्नको जवाफ ‘लिलिबिली’ भएको बताए ।

यो चलचित्रका लेखक प्रदीप भारद्वाजले हुन् । साढे दुई करोड लगानीमा बन्ने फिल्मको सम्पूर्ण छायांकन युकेको स्कटल्याण्ड, ईङ्गल्याण्ड र लण्नमा हुनेछ । फिल्मको प्रदर्शन मिति चैत ३० गतेलाई तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu