काठमाण्डौ। यो साता दुई नेपाली चलचित्रहरु एकसाथ रिलीज भएका छन् । पल शाह र आचल शर्माको प्रमूख अभिनय रहेको ‘जोनी जेन्टलम्यान’ र राज कटुवाल र मलिना जोशीको प्रमूख अभिनय रहेको ‘लिला’ रिलीज भएका हुन् ।
नितिन चन्दको निर्देशन र एन्ड्रियु पौडेलको निर्माणमा तयार भएको ‘जोनी जेन्टलमेन’मा पल र आचलका अलावा विकास जोशी, जैन कुँवर, सन्तोष शिलवाल गिरी लगायतको अभिनय छ । यसअघि पल र आचलले चलचित्र ‘नाई नभन्नू ल ४’मा सँगै अभिनय गरेका थिए । यो चलचित्रमा पललाई एंग्री योङ म्यानका रूपमा देखाउन खोजिएको छ ।
चलचित्रमा रुपेश थापा र रामशरण उप्रेतीको छायांकन, पारस विक्रम शाह र देव महर्जनको द्वन्द्व, केशव थापा र प्रविन सिंहको नृत्य निर्देशन, महेश दवाडीको लेखन छ । अजय मल्ल ठकुरी कार्यकारी निर्माता रहेको यो चलचित्रका सह-निर्माता सन्जु शाह हुन् ।
सिनेदर्पण इन्टरटेमेन्टको ब्यानरमा कृष्ण प्रसाद दंगाल प्रस्तुतकर्ता रहेको चलचित्र ‘लिला’को निर्देशन रमेश कोइरालाले गरेका छन् । लक्ष्मण बस्नेत, विमला घिमिरे (दंगाल) निर्माता रहेको चलचित्रमा सिपी पौडेल कार्यकारी निर्माता छन् । चलचित्रको लेखन निर्माता लक्ष्मण बस्नेतले गरेका हुन् ।
यो चलचित्रमा मलिना र राजका अलावा सञ्चिता लुइँटेल, ध्रुव कोइराला, निस्तोज निरौला, देवीराम पराजुली (भोकलाग्यो), पंकज नेपाल, स्वानीका बास्तोला, जेएन घिमिरे, यादव बैरागी र बालकलाकार प्रियंसु सिंह क्षेत्री लगायतको अभिनय रहेको छ ।