यस्तो रह्यो नीताको २५औँ जन्मदिन (फोटो फिचर)



काठमाण्डौ। बिहीवार आफ्नो २५ औं जन्मदिनको केक काट्दै नायिका नीता ढुंगानाले आफ्नो फिल्म प्रोडक्शन कम्पनी लञ्च गरेकी छिन् । पत्रकार तथा चलचित्रकर्मीसँग आफ्नो ‘बर्थ डे’ केक काट्दै यसै वर्ष ‘नीता फिल्म प्रोडक्शन’बाट फिल्म निर्माण गर्ने बताएकी छन् ।

उनेल आफुले पछिल्लो समयमा अभिनय गरेका चलचित्रहरु असफल हुँदै गएकोले आफुले आफ्नै प्रोडक्शन सुरु गरेर चलचित्र निर्माण गर्ने बताईन् । कार्यक्रममा उनले भनिन्, ‘म र मेरा दर्शकको सन्तुष्टिका लागि फिल्म निर्माण गर्न लागेकी हुँ । अहिले म एउटा राम्रो स्क्रिप्ट र निर्देशक खोजिरहेको छु । सबै कुरा मिल्यो भने ६ महिना भित्रमा फिल्मको काम सुरु हुनेछ ।’


नीताले जन्मदिन मनाउने क्रममा चलचित्र पत्रकार संघ, नेपालको कल्याणकारी कोषमा २० हजार रुपैयाँ सहयोग गरिन् ।

बाल कलाकार हुँदै स्वर्गीय दीपक रायमाझीको चलचित्र ‘चाडै आऊ’बाट नेपाली रजतपटमा नव-नायिकाको रुपमा भित्रिएकी नीताले त्यसपश्चात झण्डै २ दर्जन फिल्ममा अभिनय गरिसकेकी छिन् ।

किसान, मसान, नोटबुक, लेकसाइड, भुल भुलैया, धुन, हाम्रो माया जुनी जुनीलाई लगायतका फिल्ममा नीताले अभिनय गरेकी छिन् ।

फोटो: बिबेक बश्याल

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu