अन्जु र पूर्णको प्रेरणादायी गीत (भिडियो)



काठमाण्डौ। समाजसेवामा समेत सक्रिय रहेका गायक पूर्ण लिम्बु तथा गायिका अन्जु पन्तको स्वरको सुगम संगीतमा आधारित एउटा कारुणीक गीत ‘यी आँखाले’ को प्रेरणादायी म्युजिक भिडियो काठमाडौंमा सार्वजनिक भएको छ ।

चलचित्र निर्देशक मिलन चाम्सद्वारा निर्देशन गरिएको उक्त भिडियोमा अभिनेत्री प्रियंका कार्की तथा गायक लिम्बुसँगै अपाङ्गता भएका महिला तथा पुरुषहरुले अभिनय गरेका छन् । शारीरिक रुपमा असक्तहरुलाई समेटेर समाजसेवी समेत रहेका गायक लिम्बुले यो गीतको भिडियो तयार पार्ने योजना बनाएपछि निर्देशक चाम्सले यसलाई गीतको भावनामा ढालेका हुन् ।

काठमाडौंमा आयोजित विमोचन समारोहमा गायक लिम्बुले समाजमा अवसरको खोजिमा रहेका अपाङ्गता भएका व्यक्तिलाई सपाङ व्यक्तिले माया, ममता तथा अवसर दिनु पर्ने धारणा व्यक्त गरे । निर्देशक चाम्सले गायक लिम्बुको गायन प्रतिभा तथा समाजसेवी छविको प्रसंसा गरे । कलाकार तथा वरिष्ठ विमान चालक विजय लामाले पनि सार्वजनिक भिडियोले सम्पूर्ण नेपालीको भावना उजागर गरेको धारणा व्यक्त गरे । उक्त गीत गायक लिम्बुको एकल एल्बम ‘फरक मान्छे’ मा समावेश गरिएको छ ।

गायक लिम्बुका सांगीतिक गुरु प्रेम कृष्ण बजगाईंको शब्द तथा संगीतमा उक्त गीत तयार भएको हो ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu