सबै भाईले दाईको श्रीमतीलाई आफ्नै मान्ने कथामा ‘सूर्योदय’ बन्ने



काठमाण्डौ। नौं वर्ष अगाडी निर्माण घोषणा भएको चलचित्र अब बन्ने भएको छ । ‘सूर्योदय’- The sunrise Sonam and her husband’s नामक चलचित्र ‘द स्काई मुभिज’द्वारा २०६५ सालमा घोषणा गरिएको थियो ।

चलचित्रलाई अहिले ‘कान्छी’ निर्देशन गरिरहेका आकाश अधिकारीले निर्देशन गर्नेछन् । ‘घरको जेठो दाईले विहे गरेको युवतीलाई बाँकी भाईहरुले आफ्नै पत्नी मान्नु पर्ने’ बहुपती प्रथामा निर्माण हुने सिनेमाको लागि खोज अनुसन्धान गर्दा लामो समय लागेकोले समयमै निर्माण गर्न नसकिएको निर्देशक अधिकारीले जानकारी दिएका छन् ।

उत्तर पूर्वी डोल्पा र उत्तर पश्चिम मनाङ, मुस्ताङमा व्याप्त रहेको ‘बहुपती’ प्रथा निर्माणको लागि नेपालमा पहिलो पटक रेड क्यामरा भित्र्याइएको थियो । ‘हामीले यस विषयबस्तुमा सिमित लगानीमा डकुमेन्ट्री बनाएको भए, उहिले तयार गरिसक्थ्यौ । तर, लोप हुँदै गैरहेको ‘बहुपती’ प्रथालाई फिचर सिनेमा मार्फत विश्वव्यापी रुपमा चिनाउन लामो समय लगाएका हौ । ८ देखि १० करोड बजेटमा ‘सुर्योदय’ निर्माण हुनेछ ।’ अधिकारीले थपे । ‘सुर्योदय’ निर्माण ढिलाई हुँदा उक्त रेड क्यामराबाट आकाशले ‘काठमाडौँ’ सिनेमा निर्माण गरेका थिए ।

सिनेमा निर्माणमा ‘द स्काई मुभिज’सँग स्वदेशी तथा विदेशी संघसँस्थाले सहकार्य गर्नेछन् । साथै, स्वदेश र विदेशका संघसंस्थाले यसको ‘कपीराइट’ प्रतिलिपी अधिकार सुरक्षित गरिसकेका छन् । ‘कान्छी’ निर्माण पछी २०१८ बाट ‘सुर्योदय’ निर्माणको थालनी हुनेछ । यसअगाडी यो चलचित्र निर्माणको लागी अनुसन्धानमुलक भिडियो सामग्री बनिसकेको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu