राजेश पायलले जुराईदिए तक्मे र एलिशाको जोडी (भिडियो)



काठमाण्डौ। राजेश पायल राईले विल्सन विक्रम राई (तक्मे बुढा) र एलिशा राईको जोडी मिलाई दिएका छन् । लोकप्रिय बनीसकेको किन ‘यति धेरै माया लाग्छ नि हौ’ भन्ने बोलको गीतको भिडियोमा तक्मे बुढा र एलिसा जोडी बनेर देखिएका हुन् ।

राजेश पायल राईको अत्यधिक रुचाईएको एल्बम दर्शन नमस्ते ३ मा समावेश यस गीतमा महेश खड्काको शब्द र संगीत छ । दश महिना अघि १५ लाख रुपैयाँमा विन्दबासीनी म्युजिकले किनेको उक्त एल्बमको भिडियोलाई कमल राईले निर्देशन गरेका हुन् ।

कमल राईकै कोरियोग्राफी रहेको भिडियोमा विल्सनको तक्मे र युवा दुई रुप देखिएको छ । भिडियोमा राजेश पायल राई आफै पनि निकै हँसीलो रुपमा देखिएका छन् । स्टेज कार्यक्रममा पनि अत्यधिक रुचाईएको यस गीतको भिडियोलाई ज्ञानेन्द्र शर्माले खिचेका हुन् भने भरत रेग्मीले सम्पादन गरेका हुन् ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu