काठमाण्डौ। गायक, संगीतकार तथा मोडल तुला पर्वतले आफ्नो सांगीतिक यात्राको सबैभन्दा बढी मेहेनत गरेको भिडियो ‘न श्रृङ्गार छ तिम्रो’ले सार्वजनिक भए लगत्तै राम्रो चर्चा परिचर्चा बटुलीरहेको छ ।
गीतकार राजेन्द्र गौतमका शब्द शृजना रहेको गीतमा तुलाकै संगीत रहेको छ भने स्वरमा उनकै छोरी श्रृषा कुँवरको स्वर रहेको छ भने गीतको निर्देशन युवराज वाईवाले गरेका छन् ।

श्रृङ्गार नगरेकी सुन्दरीको खुलेरै तारिफ गरिएको गीतमा मोडल रश्मी तामागं निकै नै हट अवतारमा देखा परेकी छिन् । जसमा उनको प्रेमीको रुपमा विनोद न्यौपानेले साथ दिएका छन् । उत्सव दाहालको छायांकन रहेको छ भने गीतलाई निशान घिमिरेले सम्पादन गरेका छन् ।
भिडियो:






