‘नाईलनको साडी’को करोडको संयोग



काठमाण्डौ। नेपाली चलचित्र ‘छक्का पन्जा २’ मा रहेको ‘नाइनलको साडी’ बोलको गीतलाई अनलाइन भिडियो शेयरिङ्ग प्लाटफर्म ‘यूट्यूब’मा एक करोड बढि पटक हेरिएको छ । संगीतकार अल्मोडा उप्रेतीलाई यो गीतको संगीत चोरेको आरोप समेत लागेको थियो ।

गीत रिलिज भएको केहि दिनमा निर्माता समेत रहेका कलाकार दीपक राज गिरीले संगीतकारको नाम सच्याउँदै प्रिन्स नेपाली र स्व. कान्छा मगर नेपाली राखेका थिए । अल्मोडा राना उप्रेती र सुजाता वर्माको स्वरमा रहेको यस गीतले मंगलवार बिहान एक करोड भ्यूज पाएको थियो ।

‘नाइलनको साडी’लाई एक करोड पटक हेरिँदा एउटा अनौठो र रोचक संयोग बनेको छ । ठुलोपर्दा डटकमसँगको कुराकानीमा निर्देशक निरौलाले उक्त संयोगले आफु छक्क परेको बताईन् । निरौला यसअर्थमा छक्क परिन् की यो गीतको छायांकन जुन ठाउँमा भएको थियो सोही ठाउँमा आफ्नो टीम पुगेर यूट्यूब हेर्दा ठ्याक्कै एक करोड भ्यूज पुगेको थियो । यो गीत स्याङ्ग्जा जिल्लाको गल्याङ्गमा छायांकन गरिएको थियो । त्यसबखत देश दौडाहामा रहेको ‘छक्का पञ्जा २’को टीम बुटवलबाट सोहि बाटो हुँदै पोखरातर्फ गईरहेको थियो । निरौलाले यो संयोग आफ्नो लागी ‘गुड लक’ रहेको बताईन् ।

यसअघि दीपकराज गिरी र दीपाश्री निरौलाको निर्माणमा बनेको चलचित्र ‘छक्का पञ्जा’मा समावेश ‘पूर्व पश्चिम रेल’ र ‘वडा नंबर छ’मा समावेश ‘सुर्के थैली’ले पनि युट्युबमा करोड माथीको भ्यू पाएका छन् । ‘नाईलनको साडी’ गीतमा स्वस्तिमा खड्का, वर्षा राउत, केदार घिमिरे, जीतु नेपाल र स्वरूपपुरुष ढकालले अभिनय गरेका छन् । यो गीत चलचित्रभित्र ‘ट्राभल सङ्ग’को रुपमा राखिएको बताईएको छ ।

असोज ११ गतेबाट गएको वर्षको सुपरहिट फिल्म ‘छक्का पन्जा’को सिक्वेल ‘छक्का पन्जा २’ प्रदर्शनमा आउँदैछ । चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, शिवहरी पौडेल, गौरव पहारी, बुद्धि तामाङ, प्रियंका कार्की, किरण केसी, बर्षा राउत, निश्चल बस्नेत लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

पटकथा तथा संवाद दीपकराज गिरी, केदार घिमिरे, जीतु नेपाल र अभिमन्यू निरवीले लेखेका हुन् । दीपक-दीपाको प्रस्तुतीमा तयार भएको यो चलचित्रमा जीतु नेपाल, माग्ने बुढो डटकम, ताराचन्द्र चापागाँई, सुमन गिरीको लगानी रहेको छ । चलचित्रका कार्यकारी निर्माता विकास आचार्य हुन् । पहिलो भागमा नदेखिएका स्वस्तिमा खड्का र स्वरूपपुरुष ढकाल यो फिल्ममा लिड कलाकारको रुपमा रहेका छन् ।

गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu