फ्राईडे रिलिजमा ‘हाम्री चेली’ र ‘जञ्जिर’ सँगै ‘वीर’



this-week-21-bhadra-70
श्यामसुन्दर गिरी, काठमाण्डौ।
चाडपर्वको पूर्वसन्ध्यामा रहदै गर्दा नेपाली चलचित्रले राम्रो व्यापार गर्ने सम्भावना देखिएको छ । गत साता रिलिज भएको चलचित्र होस्टलको सफलता सँगै अन्य निर्माता निर्देशकहरु पनि आफ्नो चलचित्र प्रति ठुलै आशा राखेका छन् ।  बिशेष गरी हिन्दू नारीहरुको महान पर्व हरितालिका तीजलाई मध्यनजर गर्दै यो शुक्रबार देखी ३ चलचित्रले व्यावसायिक सुरुवात गर्दैछन् । यो साताको फ्राइेडे रिलिज अन्तर्गत हाम्री चेली, जन्जिर र वीर एकसाथ देशभरका चलचित्र गृहमा प्रदर्शनमा आउँदैछन् ।

द्वन्द्व पीडित र भारतमा बेचिएकी नेपाली चेलीवेटीको वास्तविक जीवनीमा आधारित रहेर निर्माण गरिएको चलचित्र ‘हाम्री चेली’ नारी प्रधान भएकाले तीजकै अवसर पारेर रिलिज गर्न लागिएको हो । मिन प्रसाद श्रेष्ठले निर्माण गरेको यो चलचित्रलाई मनिष पन्थ र बाबुराम घिमिरेले संयुक्त निर्देशन गरेका छन् । चलचित्रमा शितल केसी, अञ्जु निरौला, रमेश विसी, कुमारी परियार, गिरीप्रसाद पुन, कुलचन्द्र पुरी लगायतको मुख्य अभिनय रहेको छ । निर्देशक आँफैको लेखन रहेको सो चलचित्रमा कस्तुप पन्त र शुरेस सेन्चुरीको संगीत र मनिष पन्थको छायाँकन छ ।

यता शोभित बस्नेत निर्देशित चलचित्र जञ्जीर पनि मौकामा चौका हान्दै तीजकै अवसर पारेर शुक्रबार रिलिज भएको छ । सो चलचित्रमा जयकिसन बस्नेत, हर्षिका श्रेष्ठ, सुस्मिता शाही लगायतका कलाकारले अभिनय गरेका छन् । गणेश कुमार श्रेष्ठको छायाँकन रहेको उक्त चलचित्रमा कविराज गहतराजको नृत्य, टंक बुढाथोकीको संगीत छ भने सो चलचित्रलाई करण श्रेष्ठ, मोहनकृष्ण श्रेष्ठ लगायतले संयुक्त लागानीमा निर्माण गरेका हुन् । अन्य चलचित्रमा सह-नायिकाको रुपमा स्थापित हुन नसकेकी शाहीका लागि यो चलचित्र एक निर्णायक चलचित्र हुने अनुमान गर्न सकिन्छ ।

त्यस्तै यसै साता हाम्री चेली र जञ्जिरसँग प्रतिस्पर्धामा प्रस्तुत भएको छ चलचित्र ‘वीर’ । यस चलचित्रमा अभिनेत्री रेखा थापा र गायक तथा नायक यश कुमार प्रमुख भुमिकामा छन् । चलचित्र ‘वीर’ले प्रेममा बदलाको कथालाई मुख्य बिषय बनाएको छ । बाटोमुनिको फुल जोडी रेखा र यशको ‘वीर’ दोस्रो पटक सँगै काम गरेको चलचित्र हो । दिपक श्रेष्ठ निर्देशित यो चलचित्रलाई रम्भा वलीले निर्माण गरेका हुन् । वीर नारी प्रधान भएकाले तीजको अवसर पारेर रिलिज गर्न लागिएको निर्माण युनिटले जनाएको छ । फिल्ममा सौरभ लामाको सिनेम्याटोग्राफी र सुरेश अधिकारीको संगीत छ ।

तिजको मौका छोपेर रिलिज गर्न लागिएको यि ३ चलचित्र मध्ये व्यावसायिक रुपमा कुन-कुन सफल हुन्छन् या सभै सफल हुन्छन् यसै भन्न सकिने अवस्था रहँदैन । राम्रो चलचित्र बनाईयो भने राम्रो व्यापार गर्छ र नेपाली दर्शक घटेका छैनन् भन्ने कुराको प्रमाण यस अगाडि रिलिज चलचित्रले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu