अञ्जु पन्तको नयाँ गजल गीत सार्वजनिक (भिडियो)



‘बहारमा रमाउने प्यास बाँकी छ अझै
तिमी फेरी आउने आश बाँकी छ अझै’

अञ्जु पन्तको स्वरमा रहेको यो गीतको भिडियो अमेरिकाका रमणिय स्थानहरुमा छायांकन गरी रिलिज गरिएकोछ ।

अमेरिकाका बसोबास गर्ने नेपाली मोडेलहरु रेम न्यौपाने र रजनी थापाको अभिनय रहेको म्युजिक भिडियोको निर्देशन चलचित्र निर्देशक सुमन दाहालले गरेका छन् । गीतकार गोविन्दप्रसाद उपाध्यायका शब्दलाई चर्चित गायिका अञ्जु पन्तले स्वर दिएकी छिन् भने गीतमा संगीत पत्रकार कुसुम भट्टराईले भरेका छन् ।

इश्वर प्रवासीले छायांकन गरेको म्युजिक भिडियो रिलिज गर्दै निर्देशक सुमन दाहालले जहाँ बसेपनि जस्तो अवस्था भएपनि कलाकारितालाइ निरन्तरता दिन र आफ्नो कर्म गरिरहने बताए । उनले यो भन्दा पहिला अमेरिकामा नै नेपाली राष्ट्रिय गीतको भिडियो बनाएर रिलिज गरिसकेका छन भने नेपाली चलचित्र ‘मन परेपछि’ र ‘नो स्मोकिङ’लगायत विभिन्न म्युजिक भिडियो, डकुमेन्ट्री र भिडियो एडहरुको निर्माण तथा निर्देशन गरीसकेका छन् ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu