ओभरकोट भित्र ‘एउटा गरीबको हैसियतको संघर्ष’



overcoat1ठुलोपर्दा डटकम, काठमाण्डौ। एउटा गरिबलाई पनि कहिले आफ्नो हैसियत देखाउने आपत्ती आइपर्छ। त्यस्तै क्षण पार गर्न उसलाई आकाश खसेजस्तो लाग्छ, तर पनि विवशता हुन्छ उसको एउटा ओभरकोट सम्म भएपनि लगाउने। यस्तै कथामा आधारित नाटक ‘ओभरकोट’ यतिबेला मञ्चन भईरहेको छ।

राजधानीको कमलपोखरीस्थित रस्सीयन कल्चर सेन्टरमा हरेक हप्ताको बिहिवार दिउसो चार बजे सो ‘ओभरकोट’ मञ्चन भईरहेको छ। मञ्जु देवकोटा, नारायण न्यौपाने, शालिग्राम गौतम, कुशुम काफ्ले आदिको अभिनय रहेको सो नाटकलाई नवराज बुढाथोकीले निर्देशन गरेका छन्। रुसी कथाकार निकोलाई गोगलको कथालाई महेश पौडेलले नेपाली अनुवाद गरि नाटकको रुप दिईएको हो।

बाह्र जना कलाकारको अभिनय रहेको सो नाटक एक घण्टा लामो छ। सक्रिय युवाहरुको नाट्य संस्था शैली थिएटरले सो नाटक प्रस्तुत गरेको हो।

[tabs tab1=”कस्तो संस्था हो शैली थिएटर ?”]

[tab]यो सक्रिय युवाहरुको नाट्य संस्था हो, जसले कला साहित्य र संगितको क्षेत्रमा २०६५ सालदेखी निरनतर काम गर्दै आएको छ। यो संस्थाले बर्षेनी वालनाटक महोत्सव पनि गर्दै आएको छ। नवराज बुढाथोकीले यस नाट्य संस्थाको नेतृत्व गर्नु भएको छ। शैली थिएटरले सरकारी निरिक्षक, सुनौलो माछा, बुइगल भएको घर,बान्का, तारो, मानुष जस्ता दर्जनौ नाटकहरुको मञ्चन गरिसकेको छ र अहिले रसियन नाटक ओभरकोट मञ्चन भईरहेको छ। साथै शैली थिएटरले फिचर फिल्ममा समेत हात हालेको छ। नेपाली कथानक चलचित्र “वनफुल” मा शैली थिएटरको सहभागिता छ। यतिबेला शैलि थिएटर ‘पाचौँ राष्ट्रिय वालनाटक महोत्सव’को तयारीमा छ।[/tab]

[/tabs]

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu