फाटेको जुत्ताको फोटो पठाउनुहोस्, नुयाँ जुत्ता लैजानुहोस्



काठमाण्डौ। नेपाली चलचित्र ‘फाटेको जुत्ता’ ले दर्शकहरुलाई नयाँ जुत्ता दिने योजना ल्याएको छ । कात्तिक १७ गतेदेखी प्रदर्शनमा आउने यो चलचित्रले फाटेको जुत्ताको फोटो फेसबुकमा अपलोड गरेर ट्याग गर्ने २ सय ५० जनालाई नयाँ जुत्ता प्रदान गर्ने योजना ल्याएको हो ।

निर्माता अर्जुन कुमारका अनुसार फाटेको जुत्ताको फोटो आफ्नो फेसबुकमा अपलोड गरेर ट्याग गर्ने व्यक्ति मध्ये गोलाप्रथाबाट छानेर प्रत्येक हप्ता २ सय ५० जनालाई नयाँ जुत्ता घरमा नै पुर्‍याइने छ । उनले भने, ‘चलचित्रको नाम अनुसार हामीले यो योजना दर्शकमाझ लिएर आएका हौं । यसले फिल्मको प्रचारमा पनि ठूलो सहयोग पुग्नेमा विश्वस्त छु ।’

अर्जुन कुमारको निर्माणमा बनेको ‘फाटेको जुत्ता’लाई ‘जिन्दगी रक्स’का निर्देशक निकेश खड्काले निर्देशन गरेका हुन् । चलचित्रमा प्रियंका कार्की, सौगात मल्ल, कामेश्वर चौरासिया, रविन्द्र झा, अनोज पाण्डे लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

फिल्मका गीतमा प्रवेश मल्लिक र शंकर थापाको संगीत, कविराज गहतराज र राजिव समरको कोरियोग्राफी, अष्ट महर्जनको द्वन्द्व रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu