पाचौँ इनास अवार्ड: बिपिन र श्रृजना उत्कृष्ट नायक-नायिका, ‘जात्रा’ उत्कृष्ट चलचित्र (भिडियो सहित)



काठमाण्डौ। राजधानीको राष्ट्रिय सभा गृहमा भव्य समारोहका बीच ‘पाँचौ इनास फिल्म अवार्ड’ सम्पन्न भएको छ । उक्त अवार्डमा चलचित्र ‘जात्रा’ उत्कृष्ट घोषित भएको छ । ‘जात्रा’बाटै बिपिन कार्कीले सर्वोत्कृष्ट नायक बने भने चलचित्र ‘डाइङ क्यान्डल’बाट श्रृजना सुब्बाले उत्कृष्ट नायिका बनिन् ।

एनआरएनएका अध्यक्ष शेष घलेको प्रमुख आतिथ्यतामा सम्पन्न अवार्डमा २० विधामा अवार्ड प्रदान गरिएको थियो । उत्कृष्ट निर्देशकको अवार्ड भने चलचित्र ‘विर विक्रम’बाट मिलन चाम्स भए । यही चलचित्रबाट नायिका दिया पुनले उत्कृष्ट नव–नायिका बनिन् । चलचित्र ‘लभ लभ लभ’ बाट सुरज पाण्डे नव-नायक बने । जुरी अवार्ड अन्तर्गत उत्कृष्ट चलचित्रमा ‘घामपानी’ र उत्कृष्ट निर्देशकमा दिपेन्द्र खनाललाई अवार्ड प्रदान गरियो ।

‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’बाट हाँस्य कलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाइ प्रदान गरियो । विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने बरिष्ठ व्यक्तिहरुलाई ‘इनास विशिष्ट सम्मान’बाट सम्मानित पनि गरियो । सम्मानित हुनेहरुमा राष्ट्रकवि माधवप्रसाद घिमिरे, इतिहासविद् सत्यमोहन जोशी, गायक तथा संगीतकार प्रेमध्वज प्रधान, निर्देशक तथा गीतकार चेतन कार्की, नृत्यांगना विमला श्रेष्ठ रहेका थिए ।

इनासका ग्लोबल अध्यक्ष पुष्प बडुवालको सभापतित्वमा सम्पन्न अवार्ड समारोहमा ‘सक्रिय चलचित्र पत्रकारिता पुरस्कार’ ३ जना पत्रकारलाई प्रदान गरियो । ठूलोपर्दा डटकममा जीवन पराजुली, अनलाइनखबर डटकममा पत्रकार ‘विजय सुवेदी ‘आवाज’ र रेडियोकर्मी लोकराज अधिकारीलाई पुरस्कार प्रदान गरिएको थियो । उनीहरुलाई पुरस्कारपत्र र जनही नगद १० हजार सहित पुरस्कृत गरिएको हो । यस्तै, रेडियो अडियोका अमितचन्द्र अधिकारीलाई ‘इनास सम्मान’ प्रदान गरिएको छ ।

भिडियो:

इनास अवार्डका अघिल्ला सँस्करणहरु जर्मनी, नेदरल्याण्ड, नेपाल र सिक्किममा आयोजना भएका थिए ।

‘पाचौँ इनास अवार्ड’ विजेताको सुची:
१. उत्कृष्ट चलचित्रः जात्रा
२. उत्कृष्ट निर्देशकः मिलन चाम्स(विर विक्रम)
३. उत्कृष्ट नायकः विपिन कार्की(जात्रा)
४. उत्कृष्ट नायिकाः श्रृजना सुब्बा(डाइङ क्यान्डल)
५. उत्कृष्ट सह–अभिनेताः माओत्से गुरुङ(पुरानो डुङ्गा)
६. उत्कृष्ट सह–अभिनेत्रीः बर्षा राउत(छक्का पन्जा)
७. उत्कृष्ट नव–अभिनेताः सुरज खड्का(लभ लभ लभ)
८. उत्कृष्ट नव–अभिनेत्रीः दिया पुन(विर विक्रम)
९. उत्कृष्ट नव–निर्देशकः दीपाश्री निरौला(छक्का पन्जा)
१०. उत्कृष्ट खलपात्रः सौगात मल्ल(लूट २)
११. उत्कृष्ट हाँस्य कलाकारः केदार घिमिरे( छक्का पन्जा)
१२. उत्कृष्ट पटकथाः दीपेन्द्र लामा( घामपानी)
१३. उत्कृष्ट पाश्र्व गायकः ताराप्रकाश लिम्बु( विर विक्रम)
१४. उत्कृष्ट पाश्र्व गायिकाः अन्जु पन्त(छक्का पन्जा)
१५. उत्कृष्ट संगीतकारः राजनराज सिवाकोटी(छक्का पन्जा)
१६. उत्कृष्ट शब्दः दयाराम पाण्डे(पलाँस)
१७. उत्कृष्ट छायांकनः रविन आचार्य र दिवांकर सिग्देल(डाइङ क्यान्डल)
१८. उत्कृष्ट सम्पादनः मित्र गुरुङ( जात्रा)
१९. उत्कृष्ट कोरियोग्राफरः कविराज गहतराज(छक्का पन्जा)
२०. उत्कृष्ट द्धन्द्ध निर्देशकः राजकुमार उप्रेती(लुट २)

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu