अनुप बने पण्डित, ‘हुर्रे’ पोस्टर रिलीज



काठमाण्डौ। नेपाली चलचित्र ‘हुर्रे’को पहिलो प्रचार सामग्री स्वरुप पोष्टर सार्वजनिक भएको छ ।

पोष्टरमा पात्र परिचय पाईन्छ । कलाकारहरु अनुप विक्रम शाही, विजय बराल, केकी अधिकारी, राजाराम पौडेल, अंकित खड्कालाई स्थान दिईएको छ । पोस्टरमा नायक अनुप पण्डितको स्वरुपमा छन् ।

यो चलचित्रमा नायिका केकी अधिकारीले पशुपतिमा फूल बेच्ने यूवतीको भूमिका निर्वाह गरेकी छिन् । फागुन २५ गते रिलीज हुने यो चलचित्रमा लेखन तथा निर्देशन यम थापाको रहेको छ ।

दावा शेर्पा ‘शेट्टी’ को प्रस्तुतिमा तयार भएको फिल्म ‘हुर्रे’मा सोनाम लामा ‘ब्लोन’ र छिरिङ्ग दोर्जे लामाको लगानी रहेको फिल्ममा सह-निर्माताको रुपमा अरुण सेढाई रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu