अमेरिकामा नीता बनिन् उत्कृष्ट अभिनेत्री



नायिका नीता ढुंगानाले अमेरिकाको सन् फ्रान्सिस्कोमा सम्पन्न ‘सन फ्रान्सिस्को ईन्टनेशनल न्यु कन्सेप्ट फिल्म फेस्टिभल’मा उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारेकी छन् । चलचित्र ‘पञ्चायत’बाट उनले यो अवार्ड जितेकी हुन् ।

नीता आँफै उपस्थित भएर अवार्ड लिएकी छन् । महोत्सवमा संसारभरका २ सय १६ चलचित्रहरु सहभागी थिए ।

चलचित्रमा सरोज खनाल र नीता ढुंगाना मुख्य भूमिकामा छन् भने रुपा राना, गीता अधिकारी, गणेश गिरी, जाहान्वी बस्नेत, विशाल पहारी, किरण थापा, राजुबाबु श्रेष्ठ लगायतको अभिनय रहेको छ।

ग्रामिण कथा र पुरानो सँस्कृति झल्काउने चलचित्र ‘पञ्चायत’को लेखन तथा निर्देशन शिवम अधिकारीले गरेका हुन् । गणेश गिरीको प्रस्तुती रहेको फिल्मको निर्माण सुशान्त श्रेष्ठ र शंकर सुवेदीले गरेका हुन् । सञ्चारकर्मी रवि अधिकारी फिल्मका कार्यकारी निर्माता हुन् ।

टंक बुढाथोकीको संगीत र रामेश्वर कार्कीको छायांकन रहेको चलचित्रलाई विपिन मल्लले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu