दयाहाङ्गकी सोल्टीनीमाथी विजयको नजर (भिडियो)



काठमाण्डौ। गायक विजय रुम्बा लामाको नयाँ गीत ‘सिन्की को अचार’को भिडियो सार्वजनिक भएको छ । भिडियोमा नायिका रिश्मा गुरुङ्ले अभिनय गरेकी छिन् । साथमा गायक रुम्बा आँफैले पनि अभिनय गरेका छन् ।

चलचित्र ‘कबड्डी’मा अभिनेता दयाहाङ्ग राईसँग सोल्टीनीको भूमिकामा अभिनय गरेर एकाएक चर्चामा आएकी रिश्मा लामो समयपछि भिडियोमा देखिएकी हुन् । विकास सुबेदीको निर्देशनमा बनेको भिडियोको छायांकन पर्यटकिय स्थान बन्दिपुरमा गरिएको हो ।

गीतमा डिपि खनालका शब्द तथा सुबाश भुषालको संगीत छ । गीतका एरेन्जर उदय राज पौडेल हुन् । अनिल कुमार मानन्धरले खिचेको यस भिडियोका सम्पादक शिलन लम्साल हुन् ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu