फाटेको जुत्ताको दोश्रो हप्ता, कस्तो हुँदैछ व्यापार ?



काठमाण्डौ। पहिलो हप्ता २ करोडको व्यापार गरेको बताइएको नेपाली चलचित्र ‘फाटेको जुत्ता’ अहिले दोश्रो हप्तामा चलिरहेको छ । पहिलो हप्तामै लगानी सुरक्षित गरेको भन्दै निर्माता अर्जुनले ‘फाटेको जुत्ता २’ निर्माण घोषणा गरिसकेका छन् ।

दोश्रो हप्ताको शनिवार नायक सौगात मल्लसहित चलचित्रकोको टीम दर्शकको बाक्लो उपस्थिति रहने काठमाडौंको गोपीकृष्ण हल पुगेको थियो । नायक मल्लले चलचित्रलाई सफल बनाउन साथ दिने दर्शकलाई धन्यवाद दिँदै केहीबेर सेल्फीमा रमाए ।

सोही समयमा चलचित्रको प्रचारमा साथ दिएको गोल्डस्टार कम्पनीको १५० जोर नयाँ जुत्ता दर्शकलाई बाँडिएको थियो । निर्माता अर्जुन कुमारले दोस्रो हप्तामा पनि फिल्मलाई दर्शकको राम्रो साथ रहेको बताएका छन् ।

‘फाटेको जुत्ता’मा सौगातसहित प्रियंका कार्की, कामेश्वर चौरासिया, अनोज पाण्डे, रविन्द्र झा लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रका निर्देशक निकेश खड्का हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu