प्रियांका चोपडाको चलचित्रमा नेपाली नायिका जेनिशा, आइटम गीत सार्वजनिक (भिडियो)



नेपाली चलचित्रकी नायिका जेनिशा केसीले बलीउडकी स्टार नायिका प्रियांका चोपडाको भोजपुरी चलचित्रमा अभिनय गरेकी छन् ।

‘काशी अमरनाथ’ नामक चलचित्रको एक आइटम गीत हालै रिलीज भएको छ जसमा जेनिशाले नृत्य गरेकी छन् । जेनिशाले भोजपुरी चलचित्रका सुपरस्टार रवि किशनसँग उक्त चलचित्रमा प्रमूख भूमिकामा अभिनय गरेकी छन् । सार्वजनिक गीतमा रवि पनि देखिएका छन् ।

पर्पल पेब्बल पिक्चर्स र रोज क्वार्ज इन्टरटेन्मेन्टको ब्यानरमा बनेको चलचित्रका निर्माता प्रियांका चोपडा, सिद्धार्थ चोपडा र डा. नेहा शन्दिल्या हुन् । चलचित्रलाई सन्तोष मिश्रले निर्देशन गरेका छन् ।

यसअघि प्रियांकाले सिक्किम र दार्जिलिंङ् क्षेत्रमा छायांकन गरि नेपाली भाषाको चलचित्र बनाएकी थिइन् ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu