‘ह्याप्पी न्यु ईयर’को ट्रेलर रिलीज (भिडियो)



काठमाण्डौ। नेपाली चलचित्र ‘ह्याप्पी न्यु ईयर’को ट्रेलर रिलीज भएको छ । देवकुमार श्रेष्ठ निर्देशित यो चलचित्र अंग्रेजी नयाँ वर्ष २०१८ को अवसर पारेर पुष १४ गते (२९ डिसेम्बर)मा रिलिज हुनेछ ।

अस्ट्रेलियामा सम्पूर्ण छायांकन गरिएको यो चलचित्रमा नयाँ वर्षको माहोलमा घटेको एक घटनालाई कथावस्तु रहेको छ । आरके एम प्रोडक्सनको व्यानरमा निर्मित सिनेमामा राती थापाको लगानी छ । भने, एप्पल इन्टरटेनमेन्टका मनोज अधिकारी लाइन प्रोड्युसरका रुपमा रहेका छन् ।

लभस्टोरी जनराको यो सिनेमामा कुशल थापा, पुकार गौतम, संध्या केसी, इश्वर थापा, पदम शाक्य लगायतका कलाकारको अभिनय छ । चलचित्रमा अस्ट्रेलियन छायाँकार बेन्जामिन ड्रेको छायाँकन, विनोद ढकाल र टंक बुढाथोकीको संगीत र कुशल थापाको कथा छ ।

ट्रेलर:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu