विश्व सुन्दरीले भनिन्, ‘दीपिका हिम्मतवाली’



केही दिन अगाडि मात्र विश्व सुन्दरीको ताज पहिरिएकी भारतकी मानुषी छिल्लरले ‘पद्मावती’ विवादमा आफ्नो मुख खोलेकी छिन् । ज्यान मार्ने धम्कीलाई पनि ह्यान्डल गरेको भन्दै छिल्लरले दीपिका पादुकोणकोको प्रशंसा गरेकी छन् ।

मानुषीले भनिन्, ‘भारतीय महिलाहरु हरेक समस्याहरुसँग जुुध्न सक्षम छन् । सबै भारतीय महिलाहरुमा एक कुरा समान छ । हामी चुनौतीसँग जुधेर अरुका लागि उदारहणको पात्र बन्न सफल हुन्छौं ।’

फिल्म ‘पद्मावती’को रिलिजले गर्दा विभिन्न राजनीतिक दल र संगठनका सदस्यले भंसाली, दीपिका र रणवीरलाई धम्की दिइरहेका छन् । राजपूत करणी सेनाले दीपिकाको नाम नाट्ने धम्की दिएकोे छ ।

संगठनले भिडियो जारी गरेर भन्यो, ‘राजपूतहरु महिलामाथी कहिले हात उठाउँदैनन् तर आवश्यक परेको खण्डमा हामी दीपिकालाई त्यही गर्नेछौं जो लक्ष्मणले शूर्पणखामाथी गरेका थिए ।’ यो धम्कीपछि दीपिका पादुकोणको सुरक्षा बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu