एक भिडियोमार्फत चलचित्र ‘लभ डायरिज’को निर्माण घोषणा गरिएको छ । सौरभ चौधरीले निर्देशन गर्ने चलचित्रका लागि सुशील श्रेष्ठ, रुबिना थापा, विश्वजित रिमाल, बिष्णु सापकोटा लगायतका कलाकार फाईनल भएका छन् ।
चलचित्रको लागि ‘कारखाना’ अभिनेता सुशील नयाँ अवतारमा देखिने छन् । निर्माण टिमले सुशीलको न्यु लूक्स समेत सार्वजनिक गरेको छ ।
सम्पादक साहिल खानले यो चलचित्रमा ‘एसोसियट डाइरेक्टर’को भूमिका निर्वाह गर्नेछन् । साथै, चलचित्रमा साहिल र मिलन श्रेष्ठको सम्पादन समेत रहनेछ ।
‘ईइस्टेर इन्टरटेनमेन्ट’को व्यानरमा निर्माण हुने लभस्टोरी चलचित्रमा विनोद सापकोटाको निर्माण र बीबी ढकालको सहनिर्माण रहनेछ । चुनाव सकिए लगतै छायांकनमा जाने चलचित्रमा संजय लामाको छायाँकन, अर्जुन पोखरेलको संगीत र कविराज गहतराजको कोरियोग्राफी रहनेछ ।
भिडियो हेर्नुहोस् :