निकिता पौडेल चलचित्र विकास बोर्ड अध्यक्षमा नियुक्त



नेपाल सरकारले निकिता पौडेललाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको छ । पौडेल गोपीकृष्ण हलका संचालक तथा राप्रपा नेपालका कोषाध्यक्ष उद्धब पौडेलकी छोरी हुन् ।

निकिता पौडेलले आमसंचारमा स्तानाकोत्तर गरेकी छिन् । करीब ५ महिना अगाडि राजकुमार राईको पदावधि सकिएपछि सरकारले खुल्ला प्रतिष्प्रर्धाबाट आवेदन माग गरेको थियो । आवेदन अनुसार, पौडेललाई नियुक्त गरेको सरकारले जनाएको छ ।

चलचित्र विकास बोर्डले पहिलो पटक महिला अध्यक्ष पाएको हो । चलचित्र विकास बोर्ड नेपालको चलचित्र क्षेत्र हेर्ने एकमात्र सरकारी निकाय हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu