काफ्ले जोडीले तताए सुदुरपश्चिम | महोत्सवमा डेढ दर्जन गीत



junu-rijalसि.पि. जैशी, कैलाली। गायक रामचन्द्र काफ्ले र गायिका जुनु रिजालले सुदुरपश्चिमलाई संगीतले तताएका छन्। कैलालीको लम्कीमा जारी लम्की महोत्सवमा मंगलवार यो जोडीले झण्डै डेढ दर्जन गीत प्रस्तुत गर्न भ्याए।

‘लम्की कर्णालओ मार्ग निमार्ण, कृषि पर्यटन र ब्यापार हाम्रो पहिचान’ भन्ने मुल नाराका साथ मंसिर १४ गतेबाट जारी महोत्सवमा जुनुले ‘न दोष तिम्रो न दोष मेरो …’, ‘कस्ले सुरुवात गर्योा …’, र ‘हिमाललाई ढाक्यो कान्छा …’ बोलका गीत प्रस्तुत गरिन्। त्यस्तै ‘पुर्व मेची पश्चिम काली …’ बोलको गीत गाइ सुरुवात गरेका गायक रामचन्द्रले लगातार नौ वटा गीत गाए।

चर्चित गितहरु ‘मैना चरी …’, ‘चल रे लडिया हमार बडिया …’, ‘झमक्क झमक्क रात पडिगै झमक्क …’, ‘हिमाल हिउँ परि गयो …’, ‘लुकी लुकी सेती बग्यो …’, ‘उहि मुलाको सिन्की उहि मुलाको चाना …’, ‘दिलको माया नौ मुरी …’ आदि गीतको प्रस्तुतीले दर्शकलाई मनमा शान्ति भएन। दर्शकको उल्लासमय भिडलाई नियन्त्रण गर्नाका लागिका लगि प्रहरीलाई हम्मे हम्मे भएको थियो।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu