पलसँग काम गर्दा सहज लाग्छ : आँचल शर्मा (भिडियो)



आइतवार साँझ करीब ६ बजेतिर चलचित्र ‘शत्रु गते’को एक लोक लयको गीत छायांकन भइरहेको बौद्धस्थित समता अस्पतालमा नायिका आँचल शर्मा एक्लै नृत्य गरिरहेकी थिइन् । प्रायः नायक पल शाहसँगको अंगालोमा एक्सन-कटमा व्यस्त देखिने आँचल किन एक्लै नाचिरहेकी थिइन् ? यो कुराले जो कोहीँलाई हैरान बनाएको थियो ।

जाडोले काप्दै गरेकी आँचललाई ठूलोपर्दा डटकमले यही प्रश्न तेर्सायो । आँचलले सहज रुपमै उत्तर दिँदै भनिन्, ‘पलजी अहिले मेकअप गर्दै हुनुहुन्छ । आज उहाँको अलि ढिलो सुटिङ सुरु हुँदैछ ।’ उनले ‘शत्रु गते’मा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, प्रियंका कार्की, दीपाश्री निरौला लगायतका कलाकारहरुसँग काम गर्न पाउँदा निकै खुसी महशुस गरेको बताइन् ।

तपाई र पल शाहको जोडी बारम्बार पर्दामा बाँधिनुको कारण चाहिँ के होला ? भन्ने प्रश्नमा उनले मिठो मुस्कान छर्दै अगाडि भनिन्, ‘सायद हाम्रो जोडी राम्रो सुहाउँछ भन्ने लागेर हुन सक्छ । अनि, जति मलाई पलसँग काम गर्दा सहज हुन्छ त्यो अरुँग खासै हुँदैन ।’

उनले पल र आफू साथी मात्र रहेको पनि बताउन भ्याइन् । ‘बाहिर हाम्रो सम्बन्धको विषयमा जस्तोसुकै कुरा चलेपनि पल र म निकै मिल्ने साथी मात्र हौं । हामीलाई सँगै हिँड्दा डराउनु पर्ने कुनै कारण नै छैन । हामी एकअर्कालाई रेक्सपेक्ट र माया गर्छौँ । मलाई पलसँग हिँड्दा कुनै डर लाग्दैन ।’, उनले भनिन् ।

प्रदीप भट्टराईले निर्देशन गरेको ‘शत्रु गते’मा पल र आँचलको जोडी बाँधिएको छ । ‘नाइँ नभन्नू ल ४’ पछि यो जोडीले सयौं म्यूजिक भिडियोसँगै फिल्म ‘जोनी जेन्टलम्यान’मा समेत काम गरिसकेका छन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu