चलचित्र ‘लम्फू’ रिलीज मिति घोषणा



काठमाण्डौ। अन्तत: नेपाली चलचित्र ‘लम्फू’ रिलिज मिति घोषणा भएको छ । अब यो चलचित्र २०७५ बैशाख २८ गते रिलीज हुने भएको हो ।

छायांकनको लागि लामो समय लागेको यो चलचित्रबाट नव-नायक कबिर खड्काले डेब्यू गरेका छन् । कबिरले नेपालको एक मात्र फिल्म कलेज ओस्कार इन्टरनेशनल कलेजबाट कलाकारितामा स्नातक तहको अध्ययन गरेका छन् । कबिर सहित यो चलचित्रमा सलोन बस्नेत, मरिश्का पोखरेल, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराई, तरकारीवालीको नामले चर्चित कुशुम श्रेष्ठ लगायतको अभिनय रहेको छ ।

तरकारीवाली उर्फ कुशुमले पनि ‘लम्फू’बाट नै चलचित्रमा डेब्यू गरेकी हुन् । कुशुम गत बर्ष संसारभर तरकारीवालीको नामले चर्चित बनेकी थिइन् । उनका दुई तस्वीर संसारभर करोडौँ पटक शेयर भएका थिए ।

गोपालचन्द्र लामिछाने निर्देशित ‘लम्फू’ले एक युवाको जीवनमा आईपर्ने अकल्पनिय घटनाहरु प्रस्तुत गर्छ, जसमा प्रेमकथा समेत गौण छ । यो चलचित्र समय र परिस्थितिले मानिसलाई नायक र खलनायक दुबै बनाउछ भन्ने कथामा बनेको निर्देशक लामिछानेले बताए ।

‘लम्फू’लाई पपुलर मल्टिमिडियाको लागि शक्तिबल्दब घोरासैनीले बनाएका हुन् । निर्देशक लामिछानेले यसअघि पपुलर मल्टिमिडियाका चार चलचित्र निर्देशन गरेका थिए । ‘बोक्सी’, ‘द मिरर’, ‘किन लाग्छ माया’ र ‘ओ माई म्यान’ उनले निर्देशन गरेका थिए, जसमा सफल फिल्म ‘किन लाग्छ माया’ फिचर फिल्म हो ।

यो चलचित्रमा भूपतिको लेखन रहेको छ । दिपक बज्राचार्यको छायांकन रहेको ‘लम्फू’मा सम्पादन हरि सिलवालको रहेको छ । चलचित्र निर्माता तथा कस्ट्युम डिजाइनर पुनम गौतमले यस चलचित्रमा कस्ट्युम डिजाइन गरेकी छन् । अर्जुन पोखरेलको संगीत रहेको चलचित्रका गीतमा प्रमोद खरेल, शिव परियार, दुर्घा खरेल लगायतको स्वर रहेको छ ।

‘लम्फू’को डिजिटल तथा अन्तराष्ट्रिय अधिकार हाईलाईट्स नेपालले लिएको छ । नेपालमा भने काठमाण्डौ उपत्यकामा स्टेशन फाईभ र मोफसलमा एफ. डि. कम्पनीले वितरण गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu