
पुष २८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मिस्टर झोले’को ट्रेलरलाई यतिबेला युट्युबमा दर्शकले निकै रुचाएका छन् । ट्रेलरलाई युट्युबमा ७ लाखभन्दा बढी पटक हेरिसकिएको छ । यस्तैमा फिल्म निर्माण टीमले ‘मिस्टर झोले’ सुटिङ गर्दा खिचिएका तश्विरहरु सार्वजनिक गरेको छ ।

तश्विरमा चलचित्रका कलाकारहरु आ-आफ्नो भूमिकामा डुबेको देखिन्छ । यस्तै, निर्देशक रामबाबु गुरुङ पनि ‘एक्सन कट’ मा व्यस्त छन् । यो चलचित्रमा दयाहाङ राई, वर्षा राउत, दीया पुन, प्रविण खतिवडा, वृद्धि तामाङ, पुष्कर गुरुङ, अरुणा कार्की, कमलमणी नेपाल, लक्ष्मी वर्देवा, सरोज अर्याल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

२०७० सालमा निर्माण भएको निर्देशक दीपेन्द्र के. खनाल निर्देशित तथा टेकेन खड्काको निर्माणमा बनेको चलचित्र ‘झोले’ टाईटल ब्रान्डलाई प्रयोग गरि टेकेन खड्का प्रोडक्सन र सिनेमा आर्टले संयुक्त रुपमा ‘मिस्टर झोले’ निर्माण गरेको हो ।

रौनक बिक्रम कँडेल कार्यकारी निर्माता रहेको यो फिल्मलाई शैलेन्द्र डी. कार्कीले छायांकन गरेका हुन् ।






