
यही शुक्रबारबाट चलचित्र ‘ब्याड ब्वाई’ प्रदर्शनमा आउने भएको छ । निर्माण युनिट यो मितिलाई चलचित्र प्रदर्शन मिति पक्का गर्दै प्रचार प्रसारमा उत्रिएको छ ।
राजेश ढुङ्गाना, मनोज थापा, हरिष दाहाल, सुमित्रा श्रेष्ठ, रञ्जु सिलवाल, रोशनी घिमिरे, बिरेश दहाल, नानिकाजि ढंगोल लगायत कलाकारको अभिनय चलचित्रमा देख्न सकिन्छ ।
मनोज थापा र प्रकाश सिटौलाले निर्माण गरेको यो चलचित्रलाई बरूण अधिकारीले निर्देशन गरेका हुन् । एक्सन प्रधान चलचित्र बताइएको ‘ब्याड ब्वाई’ले सामाजका बिकृतिको कथामा उठाएको छ ।
माधब शर्माको लेखन, राजुजङ थापाको द्धन्द्ध, राम कार्कीको संगीत, गोविन्द राईको नृत्य, बिनोद सापकोटाको छायाँकन, सुबास देबकोटाको सम्पादन चलचित्रमा छ ।






