‘लालपुर्जा’को कमेडी ट्रेलर रिलिज (भिडियो)



नायक द्वय सौगात मल्ल र विपिन कार्कीको मुख्य भूमिका रहेको चलचित्र ‘लालपुर्जा’को ट्रेलर सार्वजनिक भएको छ । बिहीवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै निर्माण यूनिटले चलचित्रको कमेडी ट्रेलर सार्वजनिक गरेको हो । ट्रेलरमा सौगात र विपिनलाई फरक अवतारमा देख्न सकिन्छ ।

निगम श्रेष्ठले निर्देशन गरेको चलचित्रमा विक्रम सिंह थारु र उमेश श्रेष्ठ निर्माता रहेका छन् । चलचित्रमा दुई दाजुभाइको लालपूर्जाकै कारण उत्पन्न द्वन्द्वलाई देखाउन खोजिएको छ ।

माघ ४ गते रिलिज हुन लागेको ‘लालपुर्जा’मा सौगात र विपिनका अलावा मिरुना मगर, मेनुका प्रधान, हरिहर शर्मा, कामेश्वर चौरसिया र कुमार नगरकोटी लगायतका कलाकारहरुको मुख्य भुमिका रहेको छ ।

नेगेटिभ बुद्ध ब्यानरमा निर्माण भएको चलचित्रमा नरेन्द्र मैनालीको छायांकन र लोकेश बज्राचार्यको सम्पादन रहेको छ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu