छोरीको व्यायफ्रेण्डलाई भेटेपछि के भयो सैफ अलि खान लाई ?



sara-ali-khan
ठुलोपर्दा डटकम।
गत बर्ष वलिउड हटकेक करिना कपुरलाई नयाँ दुलही बनाएर भित्राएका नायक सैफ अलि खानका अघिल्लो श्रीमती तर्फबाट एक छोरा र एक छोरी थिए। करिनालाई छोरा-छोरीले स्वागत गरेका थिए। समय अघि बढ्दै जाँदा एक बर्ष पहिले बिहे गरेका खानकी छोरी पनि तरुनी भईसकेकी छिन्।

कुरा उमेरमा मात्र सिमित नरहेर छोरी साराको व्यायफ्रेण्डलाई समेत भेट्न भ्याईसकेका सैफ आजकल मिडियासँग खुल्न थालेका छन्। मिलेको परिवारसँग शानदार जीवन जिईरहेका खानले छोरीको व्यायफ्रेण्ड भेटेको खुलासा गरेका छन्। आफु र करिनाको लागि भर्खर मात्र ४८ करोड मूल्यमा घर किनेका खानले एक अन्तरवार्तामा साराको  व्यावफ्रेण्ड भेटको भएपनि आफु खासै खुलेर कुरा नगरेको बताए।

‘म यसकारण धेरै खुलिन किनकी सबैको आफ्नै अलग जिन्दगी हुन्छ र आफ्नै हिसाबले जिउने हक पाएका हुन्छन्। मेरी छोरीलाई म उसमाथीको बोझ भएको महशुस हुन कहिल्यै दिनेछैन’ प्रेमका मामलामा ज्यादा विश्वास गर्ने सैफले बताए, ‘कसैले मलाई इज्जत गर्छ भने मैले पनि उसलाई इज्जत दिन जान्नुपर्छ। सारा र इब्राहिमका साथमा म धेरै बेर बसेको भए आँफैलाई नराम्रो लाग्ने थियो।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu