माघ ४ लाई प्रदर्शन मिति तय गरेको चलचित्र ‘पिंजडा व्याक अगेन’को आइटम गीत रिलिज भएको छ । भिडियो सार्वजनिक गर्दा कथावस्तु बाहिर आउने कुरामा सचेत हुँदै निर्माण टिमले लिरिकल भिडियो बाहिर ल्याएको छ ।
‘बल्यो धप धप यो जवानी’ बोलको गीतमा शशी रावलको स्वर छ भने बसन्त सापकोटाले संगीत कम्पोज गरेका छन् । डा. कृष्णहरी बरालले गीतको शब्द लेखेका हुन् । चलचित्रलाई द्वन्द्व निर्देशक हिमाल केसीले निर्देशन गरेका हुन् ।

यो चलचित्रको कथा मौनता श्रेष्ठले लेखेका हुन् । चलचित्रमा निखिल उप्रेती, सारा सिर्पाली, सुस्मिता केसी, पुकार भट्टराई, ज्याक श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको छ । ‘पिंजडा व्याक अगेन’लाई ओम शाही भक्त मुभिज र ओम साइ मौलाकालिका पिक्चर्सले संयुक्त रुपमा निर्माण गरेको हो ।
सुशान्त श्रेष्ठ र बसन्त शर्मा कार्यकारी निर्माता रहेको चलचित्रका प्रस्तुतकर्ता श्रीराम बराल हुन् । सौरभ लामाले खिचेको चलचित्रमा रोहित पुरी, गोविन्द गैरे र चन्द्र बहादुर क्षेत्रीको लगानी छ ।
लिरिकल भिडियो :-





