लामो समयदेखि अष्ट्रेलियामा बस्दै आएका गायक राजेश केसी र पछिल्लो पुस्ताकी चल्तीकी गायिका मेलिना रार्इको स्वर समावेश ‘नानी ज्यान’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
सार्वजनिक भिडियोमा अभिनेता तथा मोडल पुष्प खड्का र अभिनेत्री वर्षा शिवाकोटीले जोडी बाँधेका छन् । पुष्प अभिनित ठुलो पर्दाको ‘मंगलम’ रिलिजको क्रममा छ भने शिवाकोटी ‘भेरै’ चलचित्रको सुटिङबाट केही दिन पहिले मात्रै राजधानी फर्केकी थिइन् । पुष्प र वर्षा नेपाली सानो पर्दामा हिट जोडीमा गनिन्छन् ।
सञ्चारकर्मी समेत रहेका श्रीधर पौडेलको निर्देशनमा तयार भिडियोमा पुष्प र वर्षालाई प्रेम भावमा भेट्न सकिन्छ । यो भिडियोमा शब्द संगीत राजप्रताप केसीको छ भने एरेञ्ज बाबु प्रधानले गरेका छन् ।
ज्ञानेन्द्र शर्माले खिचेको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् । एशियन म्युजिकले भिडियोको बजार व्यवस्थापनको काम गरेको छ ।
भिडियो :-