‘गाँजा बाजा’को गीत र प्रदर्शन मिति घोषणा (भिडियो)



फागुन २५ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै चलचित्र ‘गाँजा बाजा’को गीत सार्वजनिक भएको छ । चलचित्र विकास बोर्डले नाममै आपत्ती जनाएपछि विवादमा तानिएको यो चलचित्रको ‘ह्याप्पी ह्याप्पी मुड’ बोलको सार्वजनिक गीतमा निख एण्ड जटाको संगीत र जटावेदा बेनर्जीको स्वर छ । यो गीत सामान्य चलनचल्तीका गीतभन्दा फरकशैलीको छ ।

गणेशदेव पाण्डेको लेखन तथा निर्देशनमा निर्मित यो चलचित्रमा अनुपम शर्मा, सुशील सिटौला, रविन थापा, उद्दव भट्टराई, अम्बर सुवेदी, वर्षा सिवाकोटी, रक्षा श्रेष्ठ, जीवन भट्टराई, गोपाल अर्याल, कुविर सुब्बा लगायतका कलाकारहरुको अभिनय छ ।

दिपेन्द्र रेग्मी र गोमा विष्ट थापा निर्माता रहेको यो चलचित्रमा याकोपो रास्लिकको छायांकन र लोकेश बज्राचार्यको सम्पादन छ । चलचित्रलाई डीआर फिल्मस् र टुका इन्टरटेनमेन्टले संयूक्त रुपमा निर्माण गरेको हो ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu