चर्चित गायिका मेलिना रार्इको स्वरमा रहेको ‘तिम्रो फूलबुट्टे चोली’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । लक्ष्मण वस्नेतको शब्द, मोहन मगरको संगीत र रोशन बान्तवाको एरेञ्ज रहेको गीतमा मेलिनालार्इ स्वरमा सुवास कार्कीले साथ दिएका छन् ।
भिडियोमा ‘भद्रगोल’की रक्षा र श्याम घिमिरेको अभिनय देख्न सकिन्छ । रबिन्द्र बरालको छायांकन, रबिन बि.क.को सम्पादन रहेको भिडियोलाई शिव वि.कले निर्देशन गरेका हुन् ।
भिडियो :-