‘बटरफ्लाई’को पोष्टर सार्वजनिक



नेपाली चलचित्र ‘बटरफ्लाई’को पहिलो पोष्टर सार्वजनिक भएको छ । नायक आर्यन अधिकारी र नायिका प्रियंका कार्की स्टारर यो चलचित्र पुष २८ गतेबाट रिलिज हुँदैछ । सार्वजनिक पोष्टरमा आर्यन र प्रियंकालाई रोमान्टिक मुडमा देख्न सकिन्छ ।

पुष्पान्जली अधिकारी (सखा), रामशरण राना र भुपेन्द्र सुवेदी निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता रमेश प्रजापति हुन् । यो फिल्मका निर्देशक ओमप्रतिक गुरुङ हुन् ।

चलचित्रमा प्रियंका र आर्यनका अलावा अर्पण थापा, रविन्द्र खड्का, पुरन थापा, सुष्मा कार्की, सुरविर पण्डित लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । सुरेश बज्रचार्य चलचित्रका छायाँकार हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu