फ्राईडे रिलिजमा ‘ह्याप्पी न्यू ईयर’



यस हप्ताको शुक्रवारबाट नेपाली हलहरुमा चलचित्र ‘ह्याप्पी न्यू ईयर’ले प्रदर्शन आरम्भ गरेको छ । गएको हप्ता प्रदर्शनमा आएको बलिउड चलचित्र ‘टाइगर जिन्दा हे’ले दोस्रो हप्तामा पनि ठूला हलहरु कब्जा गरिरहेको अवस्थामा ‘ह्याप्पी न्यू ईयर’ले आज शुक्रवारबाट प्रदर्शन आरम्भ गरेको हो ।

आरके एम प्रोडक्सनको व्यानरमा निर्मित चलचित्र ‘ह्याप्पी न्यू ईयर’मा राती थापाको लगानी छ । लभस्टोरी जनराको यो चलचित्रमा कुशल थापा, पुकार गौतम, संध्या केसी, इश्वर थापा, पदम शाक्य लगायतका कलाकारको अभिनय छ ।

देवकुमार श्रेष्ठ निर्देशित ‘ह्याप्पी न्यु ईयर’मा अस्ट्रेलियन छायाँकार बेन्जामिन ड्रेको छायाँकन, विनोद ढकाल र टंक बुढाथोकीको संगीत र कुशल थापाको कथा छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu