सोनाक्षीलाई शाहरुखको यार बन्ने चाहना | सलमान के गर्लान ?



shaharukh-sonakshiठुलोपर्दा डटकम। बलिउडका बादशाह शाहरुख खानलाई मनपराउनेको सिने क्षेत्रमा संख्या ठुलो छ । उनीसँग अभिनयका लागी आकांक्षा राख्नेहरु पनि उत्तिकै छन् । पछिल्ले समय त्यही सुचीमा परेकी छिन् अहिलेकी चल्ती नायिका सोनाक्षी सिन्हा।

हालै एक भारतीय संचारमाध्यमसँगको अन्तरवार्तामा सोनाक्षीले शाहरुखसँग जोडी बन्ने इच्छा जाहेर गरेकी छिन्।  शाहरुखसँग खेल्नका लागि जुनसुकै फिल्मको अफर आए पनि तत्कालै ओके गर्ने बताउँदै सोनाक्षीले शाहरुखको चलचित्रमा यार बन्ने धोको स्पष्ट पारेकी छिन्। त्यसो त शाहरुखका दुश्मन मानिने सलमान खानको चलचित्रबाट रजतपटमा आएकी सोनाक्षीको यस्तो कुराले बलिउडमा तरंग ल्याईदिएको छ।

सन् २०१० मा ‘दबंग’मार्फत सलमानले डेब्यू गराएका थिए। हालसम्म उनले अक्षयकुमार देखि रणवीर सिंहसम्मका नायकसँग अनस्क्रिन रोमान्स गर्न भ्याइसकेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu