चलचित्र ‘कान्छी’को शिर्ष गीत रिलिज भएको छ । फागुन ४ गतेबाटबाट प्रदर्शन हुन लागेको यो चलचित्रको ‘यो दिल दाऊमा लाउने’ बोलको शिर्ष गीतको भिडियो बिहीवार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो ।
अर्जुन पोख्रेलको संगीत रहेको गीतमा दयाराम पाण्डेको शब्द र धर्मेन्द्र सेवानको स्वर सुन्न सकिन्छ । बसन्त श्रेष्ठको कोरियोग्राफीमा तयार भएको गीतको भिडियोमा नायिका श्वेता खड्का र नायक दयाहाङ राई फिचरिङ छन् । भिडियोमा यो जोडीको आकर्षक केमेष्ट्री देखिन्छ ।
चलचित्रको ‘चरी चट्ट परी’ बोलको गीतको भिडियो सार्वजनिक भएको केही घण्टामा नै ठूलो संख्यामा दर्शकले पछ्याएका कारण यो गीतले पनि चर्चा पाउनेमा निर्मात्री तथा अभिनेत्री श्वेता खड्का विश्वस्त छिन् ।
आकाश अधिकारी निर्देशित ‘कान्छी’मा दया र श्वेताका अलावा अनु शाह, प्रज्जवल सुजल गिरी र तेश्रोलिङ्गी अभियान्ता भूमिका श्रेष्ठको पनि अभिनय छ । मुस्ताङ, अप्पर मुस्ताङ, जोमसोम र राजधानी लगायतका ठाउँमा खिचिएको यो फिल्मलाई श्वेता आफैले निर्माण गरेकी हुन् ।
भिडियो :-