कट्रिना कैफ एसियाकै सबैभन्दा सेक्सी महिला



kaitrina-sexist-women
ठुलोपर्दा डटकम।
लण्डनको एक साप्ताहिक पत्रिकाद्धारा गरिएको सर्वेक्षण अनुसार बलिउड अभिनेत्री कट्रिना कैफ एसियाकै सबैभन्दा सेक्सी महिला बन्न सफल भएकी छिन् । यो सँगै कट्रिना लगातार चौंथो पटक एसियाकै सबैभन्दा सेक्सी महिला बनेकी छिन् ।

कट्रिनाले यस सर्वेक्षणमा बलिउड हट अभिनेत्री प्रियंका चोपडा, टिभी अभिनेत्री दृष्टि धामी र अभिनेत्री दीपिका पादुकोणलाई उछिन्दै यो उपाधि जितेकी हुन् । यस सूचीको पाँचौं स्थानमा बलिउड अभिनेत्री सोनम कपुर रहेकी छिन् भने अन्य सूचीमा पनि भारतीय अभिनेत्रीहरुकै दबदबा रहेको जनाइएको छ ।

कट्रिनाले एसियाका शीर्ष ५० सबैभन्दा सेक्सी महिलामा पहिलो स्थान प्राप्त गरेकी हुन् । यो सूचीको दोस्रो स्थानमा प्रियंका चोपडा, तेस्रोमा दृष्टि धामी र चौंथो स्थानमा दीपिका पादुकोण रहेका छन् । पहिलोदेखि चौंथोसम्म निकै कम निकटको अन्तर रहेको ‘जी न्यूज’ले जनाएको छ ।

कट्रिनाको आगामी फिल्म ‘धुम–३: ब्याक इन एक्सन’ चाँडै नै रिलिज हुँदै छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu