टिभिको क्यामेरा खोसेर टाप भए रणबीर | गाडीमा को, कटरीना या अरु ?



ranbir2
ठुलोपर्दा डटकम। 
केहि दिन पहिले मात्र कटरीना कैफसँग सम्बन्धित रहेत सवाल गर्दा रणबीर कपूरले एक पत्रकारलाई भनेका थिए, ‘माइण्ड योर बिजनेस’। यसपाली भने रणबीरले सिमा नाघेका छन्। बिहिवार राती साढे दुई बजे एक भारतिय टिभि च्यानलको क्यामेर नै खोसिदिएका छन्। क्यामेरा माग्दा पत्रकार र क्यामेराम्यानलाई ‘क्यामेरा फिर्ता चाहिए बोस बोलाउ’ भन्दै झपारेका छन्।
ranbir1
यो सबै पाली हिल स्थित रणबीरको घरबाट केहि परको दूरीमा भएको थियो। प्रत्यक्षदर्शीका अनुसार अबेर रातीसम्म पत्रकारले पिछा नछोडेपछि यति निराश थिए की उनले अभद्र भाषा प्रयोग गरेका थिए। यो सबै हुनु अगाडी उनि एक रेष्टुरेण्टमा थिए। रणबीरको साथमा उनका साथी निर्देशक अयान मुखर्जी र निर्माता मनमोहन शेट्टी आफ्नी छोरी आरतीका साथ थिए।
ranbir3
रणबीर जब रेस्‍टुरेण्टमा थिए गेट बाहिर पत्रकारको झुण्ड उनको पर्खाईमा थियो। पत्रकारको नजरबाट बचेर रिक्शा चढि घर पुगेका थिए। प्रत्यक्षदर्शीका अनुसार रिक्शाबाट झरेर बंगलाको अगाडी उभिएका थिए। रणबीरको मर्सिडीज लिएर साथी अयान उनको घर पुगे। त्यसपछि रणबीर आफ्नो गाडीमा बसेका थिए। रणबिरको पिछा गरिरहेका फोटोग्राफरको चुनौती दिँदै भने, ‘आ जाओ, अब पीछा करो!’ त्यसपछि उनले गाडी हुईँक्याए।
ranbir4
प्रत्यक्षदर्शीका अनुसार रणबीर बिहान चार बजेसम्म फर्केका थिएनन्। उनको साथमा एक महिला पनि थिइन्। तर, यो थाहा भएन ति महिला कटरीना थिइन् या अरु कोहि।
ranbir5

 

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu