अमिताबलाई अँगालो हाल्दा फाटेको ज्याकेटले दीपिकालाई आपत



deepika's-torn-jacket

ठुलोपर्दा डटकम। वलिउडकी गर्जियस तथा सुन्दरी नायिका दीपिका पादुकोणको बारेमा कुनै शंका छैन की उनि वलिउडकी ‘फेशन क्विन’ हुन्। उनको ‘फेशन सेन्स’ तथा पहिरेका ड्रेसबाट सबै कायल हुन्छन्। रोचक कुरा यो छ की दीपिका आफ्नो लुक्ससँग सँधै एक्सपेरिमेंट गरिरहन्छिन्। उनले आफ्नो ‘स्टाईल स्टेटमेण्ट’ सँग कुनै सम्झौता गर्दिनन्।

तर यसपाली भने दीपिकालाई हुनसम्मको चोट परेको छ। वलिउड सुपरस्टार अमिताब बच्चनसँग एक कार्यक्रममा भेट्ने क्रममा उनको फाटेको ज्याकेटले उनलाई लाजले मर्नु बनायो। व्यायफ्रेण्ड रणवीर सिंह सहित पुगेकी दीपिका जब अमिताबसँग अँगालो मारिन् त्यतिबेला उनको फाटेको ज्याकेटबाट काखी देखिन पुग्यो।

यत्रो जात्रा हुने बेलासम्म पनि दीपिकाले आफ्नो ज्याकेट फाटेको छ भन्नेसम्म पत्तो पाईनन्। यो गल्ती फेशन डिजाईनरको थियो या दीपिकाको खराब किस्मत, यो दीपिकालाई नै थाहा होला ।

 

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu