‘स्टार एफएम म्युजिक अवार्ड’ घोषणा | २४ विधामा दिईने



star-music-award
ठुलोपर्दा डटकम, काठमाण्डौ।
बिभिन्न माध्यमबाट सांगितिक क्षेत्रको सम्मानमा लागिरहेको ‘स्टार एफएम’ले यो क्षेत्रमा लागेकाहरुको सम्मानमा तथा नव-प्रवेशीहरुलाई प्रोत्साहन दिने हेतुले यो बर्षदेखी ‘स्टार एफएम म्युजिक अवार्ड’ गर्ने घोषणा गरेको छ । मंगलवार राजधानीमा एक कार्यक्रम गरी अबदेखी हरेक वर्ष संगीतका बिभिन्न विधामा अवार्ड प्रदान गरिने घोषणा गरिएको हो ।

आगामी माघ २० गते नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने यो बर्षको तथा पहिलो अवार्ष बितरण कार्यक्रममा राष्ट्रिय भावनाको गीत, लोकगीत दोहोरी गीत, सुगम संगीत, चलचित्र गीत, एवं पप गीतका विभिन्न कलाकार एवं प्राविधिकलाई समेट्दै २४ विधामा सिर्जनात्मक आधारमा मुल्याङ्कन गर्दै अवार्ड बितरण गरिनेछ । भने सांगितिक क्षेत्रमा नै लामो समयदेखी खटेका तथा महत्वपुर्ण योगदान दिने एक जना श्रष्टालाई ‘लाईफ टाईम अचिभमेन्ट अवार्ड’बाट सम्मान गरिने छ।

अवार्डका विधाहरुः-
१. राष्ट्रिय भावनाको गीत
२. नव प्रतिभा दोहोरी
३. नव प्रतिभा सुगम संगीत
४. उत्कृष्ट पप गायिका
५. उत्कृष्ट पप गायक
६. उत्कृष्ट पप संगीतकार
७. उत्कृष्ट समुह गायन
८. उत्कृष्ट चलचित्र गीतकार
९. उत्कृष्ट पाश्र्व गायिका
१०. उत्कृष्ट पाश्र्व गायक
११. उत्कृष्ट पाश्र्व संगीतकार
१२. उत्कृष्ट लोक दोहोरी शव्द
१३. उत्कृष्ट लोक दोहोरी गायिका
१४. उत्कृष्ट लोक दोहोरी गायक
१५. उत्कृष्ट लोक दोहोरी भाका
१६. उत्कृष्ट लोकगीत
१७. उत्कृष्ट युगल गायन
१८. उत्कृष्ट ध्वनी मुद्रण
१९. उत्कृष्ट संगीत संयोजन
२०. उत्कृष्ट सुगम संगीत गीतकार
२१. उत्कृष्ट सुगम संगीत संगीतकार
२२. उत्कृष्ट सुगम संगीत गायिका
२३. उत्कृष्ट सुगम संगीत गायक
२४ उत्कृष्ट एल्वम

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu